Nepali Shayari, Ghazals, and Muktak have a unique way of touching the heart and soul. Whether it's the sweet whispers of love, the profound agony of separation, the melancholic hues of sorrow, or the fiery passion of romance, these poetic forms capture the deepest emotions of the human experience. In this blog, we bring you an exquisite collection of Nepali Shayari, Ghazals, and Muktak that beautifully express the themes of माया (love), बिछोड (separation), दुःख (sorrow), and प्रेम (passion). Explore the profound artistry of Nepali poetry and let these verses resonate with your soul.
सधैं बोल्थिन, किन हो अवत तर्किने भइछन्
शान्त मान्छे, खै अचम्मसंग झर्किने भइछन्
बच्चा जस्तै सुशील, शान्त, सुन्दर र ज्ञानी थिइन,
उहिले त फुल दिदा पनि डर लागदो कुकुर झै झम्टिने भइछन् ।
शान्त मान्छे, खै अचम्मसंग झर्किने भइछन्
बच्चा जस्तै सुशील, शान्त, सुन्दर र ज्ञानी थिइन,
उहिले त फुल दिदा पनि डर लागदो कुकुर झै झम्टिने भइछन् ।
अनन्त प्रेम
झरिदिउला, विलिन हुँला, अस्तित्वहीन बनिदिउला,निर्जीव, निःशब्द अनि निश्प्रभ बनिदिउला।
मेरो स्नेहले तिमीलाई वेदना दियो भने,
संसारको कुनै कुनामा धूलोझैँ उडिदिउला...!
छिन्नभिन्न, चकनाचुर, अस्तव्यस्त बनिदिउला,
अवशेषहरूसमेत समयसँगै मेटिदिउला।
तिमीलाई बोझ लाग्ने छायाछवि बनेछु भने,
आफ्नै उपस्थितिलाई अनन्त शून्यमा विलीन गरिदिउला।
बेस्वाद, बेअर्थ, बेनाम बनिदिउला,
संवेदनाहीन, अन्धकार अनि मौन बनिदिउला।
यदि मेरो मायाले तिम्रो स्वप्न भङ्ग गर्यो भने,
कल्पनाहरूको आकाशबाट पतन भएर तुहिदिउला...!
तर,
तिमीले माया दिएर बोलायौ भने,
सुगन्ध बनेर तिम्रै वरिपरि फैलिएर आउँला।
सपनाहरूमा तिमीलाई गीत बनेर गुन्जिएला,
तिमी हाँस्दा जूनझैँ झरिन आउँला।
अनि,
तिमी शुभार्या म स्वामी बनिदिउला,
तिमी मेरो प्रियेश्वरी, म तिम्रो शाश्वत कान्त बनिदिउला...! 💖✨
माया र बिछोडको पीडा
तिमीलाई माया गर्नु भनेको अन्धकारमा दीपक बाल्नु जस्तै हो,
तिमी बिना हरेक दिन चाँदको लागि तडप्नु जस्तै हो।
तिमी गएपछि मेरो जीवन र छायाँ तटस्थ बने,
तर त्यो पीडा अझै हृदयको गहिराइमा पाल्नु जस्तै हो।
तिमी बिना हरेक दिन चाँदको लागि तडप्नु जस्तै हो।
तिमी गएपछि मेरो जीवन र छायाँ तटस्थ बने,
तर त्यो पीडा अझै हृदयको गहिराइमा पाल्नु जस्तै हो।
सपनाको बन्धकी
धितो राखी सपनाहरू, बन्धकीमा पर्यो जिन्दगी,
समयको ठेलीमा सपनाहरू चुँडिएर झरे,
प्रतिक्षाको भङ्गालोमा जीवनको मोल कति सस्तो ।
हिजो जुन सपनाले आकाश चुम्न खोजे,
आज तिनै सपनाले घुटमुटिएर सास फेर्न खोजे।
बजारको भीडमा, जलेर भस्म भए,
सङ्घर्षका पाइलाहरू, न फिर्ता गए, न अघि बढे।
सपनाहरू झरना बने, तर किनारमा सुक्दै गए।
आफ्नैहरूले छुरा रोपे, अन्धकारको घाउ दिए,
रगतको दाग सुक्न नपाउँदै विश्वासहरू फाटेर गए।
हिजो काँध दिएर उचालेका हातहरू,
आज मलाई धकेल्न कति माहिर भए!
सपना छिन्नभिन्न, मूकदर्शक बनी टोलाइरहे,
न विसर्जनको गन्तव्य छ, न पुनर्जन्मको कुनै संकेत पाए!
तर म बाँच्नेछु, खरानीभित्र आगोझैँ,
आज ढले पनि, भोलि ब्यूँझनेछु लावाको ज्वालाझैँ!
Warning:
Unauthorized Use Prohibited
This content, including text, images, and media, is the intellectual property of Anmol Bist. Any unauthorized use, reproduction, or distribution of this material without prior written permission is strictly prohibited. Legal action will be taken against those who infringe upon these rights.