Nepali Heartfelt Shayari & Poems | नेपाली मन छुने status | नेपाली शायरी मन छुने | नेपाली सायरी मन छुने | नेपाली मन छुने कविता
1. तिमीलाई देखेर (About Her Beauty)
त्यो पारी बनमा सुसेलेर बोलाउने चरी,
तिम्रो जवानी देखेर, म त अलमलमा परे कान्छी!
तिमी अप्सरा हौं की परी 😉
2. Moving On
I won’t wait for her forever.
I’ll be ready to move on once I see the wedding photo with her husband.
After that, I’ll smile and confidently pray to Shiv to help me let her go.
#Healing #MovingOn #Love #LettingGo
3. खराब समय (Hard Times)
समय के खराब चलेको थियो,
तिमी पनि छाती ठोक्दै आयौँ।
उ भित्र देखी टुक्रेको थियो,
तिमी फेरी टुक्रेको टुक्रालाई टुक्राउन आयौँ।
सायद पछुतो हुनेछ होला,
एक चादनी रातमा ग्रहण ल्याएर आयौँ।
उ त अनमोल रत्न हो, तिम्रो सखा हो,
तर अबसोस तिमीले फुलको सट्टा, काटा लीएर आयौँ।
के तिमी साच्चै फुलमाला पायौँ,
कि पत्तै भएन आफ्नै मुटुमा चोट लगाएर आयौँ।
4. Biggest Scam
हामी तेसै आएको होइनौँ, बलि राजाले पठाएको.
This is the Biggest Scam.
5. म एक यात्री (I Am a Traveler)
म एक यात्री, म हिजोको म भन्दा,
आजको म मा प्रगति देख्न चहान्छु।
म एक लेखक, म हिजोका मेरो शब्द भन्दा,
आजका मेरा शब्द नरम, अनमोल र धारीलो बनाउन चाहन्छु।
म एक पुत्र, म हिजोको आशु भन्दा,
आज आमाबुबाको मनमा खुसी छर्न चहान्छु।
म एक क्रान्तिकारी युवा, म यो देशमा अशान्ति भन्दा,
आज म बुद्धको देशमा समृद्धि र शान्तिको परिभाषा देख्न चहान्छु।
म एक प्रेमी, म मेरो भुत भन्दा,
आज एक चमक चाँदनी जस्ती, ऋतु को पहिलो झरी जस्तै एक सौंदर्य नारी जो साक्षात अप्सरा धरतीमा केबल मेरो लागी आएकी होस् चहान्छु।
6. धान रोप्न जाऔं (Let’s Plant Love)
सङै मिलेर मायाको बारीमा माया रोपे झै,
सानी धान रोपौला,
कही डेउडा गित त कहि उखान रोपौला,
बुहारीको कमि भएर होला यो पाली खेत बाजै छ रे! के छ बिचार?
सङै मिलेर मायाको बारीमा माया रोपे झै,
सानी धान रोपौला,
कही डेउडा गित त कहि उखान रोपौला।
7. समयको परीक्षा (Test of Time)
ठुलो सपना बोकेर सहर हिडेको मान्छेलाई,
स्कुल/कलेजको परिक्षा भन्दा
समयको परिक्षाले झस्काउँदो रहेछ।
8. Explore the Best Nepali Poems बिहानीको घाम (Morning Sunlight)
बिहानीको घाम झुल्कियो यहाँ जुन लुकेपछि
पानी माग्न आयौ तिमी पानीको मूल सुकेपछि।
खै के भनेर सम्झाउँ तिमीलाई मैले यो समयमा,
सरी माग्न आयौ तिमी सानु मेरो मन दुखेपछि।
तिमीलाई थाहा छैन कि मैले कति सम्झे त्यो विगत,
आफ्नो मनलाई बुझाएर मात्रै फर्किने सपना देखे पछि।
सोच्दै थिएँ तिमी फर्किन्छौ कि यो समयमा फर्किन,
सरी अझै मेरो मन दुखाउँछ जब तिमी हराउँछौ बिचमा।
अब तिमी आफै सम्झन्छौ मैले भने जस्तै,
मायाको बाटो अरु चल्दा बिस्तारै टुटिन्छ भन्ने हो भने।
तर समय सकिँदै जान्छ तिमीलाई थाहा छैन,
म तिमीलाई खोइ कहाँ भेट्न सक्छु।
बिहानीको घामले सुन्दरीलाई फर्काउँछ सपना लिएर,
मेरो समय पनि झुल्किन्छ जब तिमीलाई बिर्सन्छु।
मेरा मनका शब्दहरू यत्रा गर्दछन्,
तिमी जान्दैनौ कि मैले के भनें, भनें जसरी सपना साँच्छु।
9. Emotional Shayari in Nepali आमाको रिन (Mother's Debt)
तिम्रो गर्वको ऋण तिर्न सकिन आमा,
तिम्रो नामलाई रोशन गर्न सकिन आमा।
१० धारा दूध खुवाएर हुर्कायौ दुःख पाएर पनि,
तिम्रो रोदनमा हाँसो छर्न सकिन आमा।
ममा कति विश्वास गरेकी थियौ विश्वास पूरा गर्न सकिन आमा।
दिनभरि त्यो चर्को घाममा काम गर्थ्यौ,
त्यो सितल पानी दिन सकिन आमा।
टाढा छु तिमीबाट नौडाँडा पारी तिम्रो खुसी खोज्ने आशामा,
विदेश बसेर पनि तिम्रा सपनाहरू पूरा गर्न सकिन आमा।