मन छुने नेपाली सायरी , गजल र मुक्तक ( माया, बिछोड, दुःख, प्रेम, पिडा )
Nepali Shayari, Ghazals, and Muktak have a unique way of touching the heart and soul. Whether it's the sweet whispers of love, the profound agony of separation, the melancholic hues of sorrow, or the fiery passion of romance, these poetic forms capture the deepest emotions of the human experience. In this blog, we bring you an exquisite collection of Nepali Shayari, Ghazals, and Muktak that beautifully express the themes of माया (love), बिछोड (separation), दुःख (sorrow), and प्रेम (passion). Explore the profound artistry of Nepali poetry and let these verses resonate with your soul.
सिउदो अरु कसैको हातबाट रङ्गीए पछि,
अलि अलि गर्दै तिम्रो कुरा बाङ्गिए पछि।
मैले पनि आफ्नो बाटो ताक्नु पर्ने भो,
हाम्रो सम्बन्ध सबैको सामु नाङ्गिए पछि।।
लेखिए त लेखिए सबै प्यारका कथा लेखिए,
थोरै जित अनि धेरै हारका कथा लेखिए ।
छुट्टिने बेला जान्छु पनि भनेनौ तिमिले,
मायामा किन सानु व्यापारका कथा लेखिए ??
नजरले माग्यो तिमिलाइ, मनले माग्यो,
तिम्रो नशा लाग्यो र त तनले माग्यो ।
सकिने बहाना हजारौं थिए म संग,
यो श्वास कि तिमिले, कि त कफनले माग्यो।।
संगै सपना सजाउने कोहि भेटे भनिदिनु,
जिउने, जीवन बिताउने कोहि भेटे भनिदिनु।
आमा चुलो गर्छिन,बा किसानि गर्छन् सधै हारेका छन,
मेरा बा आमालाइ जिताउने कोहि भेटे भनिदिनु।।
बर्षौ कुरे पनि कुनै उत्तर आउन्न तिमिबाट।
कि तिमिमा घमण्ड पलायो कि म नै कम्जोर हु,
अझै सोच्छु प्रेमिल शब्द छाउ न तिमिबाट ।।
प्रेम आज एउटा अनि भोलि अर्को संग हुन्छ र?
आज अलि कम अनि भोली चर्को संग हुन्छ र ?
हिजो सम्म यो दिलको तिमी राजा म रानी भन्ने तिमी,
कतै तुलना ढलान छत अनि खर्को संग हुन्छ र ?
लेखे जो लेखे तिम्रा लागि लेखे,
केही आफै केही शब्द मागि लेखे।
तिमिले दिएका खुशी हुन यी सबै,
र त आज मध्य रातमा जागी लेखे।।
सबेरै उनको हातको चिया कपको प्रखाइमा छु,
जिन्दगीमा आउने दुख सुख सबको प्रखाइमा छु।
धन सम्पत्ति त के हो र कमाउन सकिएला
एउटाै टेबुलमा बाआमा, उनी अनि गफको प्रखाइमा छु।।
जब मन भरी हुन्छ, बोल्ने कुनै आधार हुदैन,
आफ्नो मान्छे साथ हुन्छ, बोल्ने कुनै आधार हुदैन।
कति रात नसुती परेली भिजेका छन मेरा,
जब आफ्नै बाट घात हुन्छ, बोल्ने कुनै आधार हुँदैन ।।
हार, हार नभई जित हुनेछ त्यो दिन,
गोजिमा टन्नै पैसा अनि हातमा सीप हुनेछ त्यो दिन।।
आफ्नाले पनि आफ्नै ठानि बोल्न आउनेछ्न,
दिमाग सान्त अनि मन खितखीत हुनेछ त्यो दिन ।।
बा-आमाका सपना हरू मारेर किनार लागेको छु,
आशा अनि खुशी एक तिर सारेर किनार लागेको छु।
खुशी हुन खुशी नै चाहिन्छ भन्ने कहाँ छ र?
दुखी हुदा नि एकलै आँसु झारेर किनार लागेको छु।
मखै परि, गाजल भरी कता जान लाकी तिमी,
कर्के नजर मै तिरै पारि कता जान लाकी तिमी ।
रातो सारी, छिन छिन बज्ने चुरा इसारा नै काफी थियो,
ओठ सजाइ लाली भरि कता जान लाकी तिमी।।
इच्छा छ मेरो, तिमी र म साथमा हुनु पर्छ,
त्यो पनि भएन भने, मेरो यादमा हुनु पर्छ।
खुशी साथ, खुशी लुटाएको मान्छे हु म,
सम्बन्ध कि मेरो हात, कि तिम्रो हातमा हुनु पर्छ।।
एक उ छ जो तिमिलाइ पैसाले तोलिदिन सक्छ,
थाहा छ खुशी, आँसु,हर्ष सब बोलिदिन सक्छ।
आज पनि एक्लै छु, एक क्यफेमा म,
उ एक हो जो यी सबैलाई घोलिदिन सक्छ।
लिएर भाग्यको भकारी आउछौ भने आउ,
म जस्तो छु उस्तै सुइकरी आउछौ भने आउ।
म आफ्नाहरु बाट नै कोषौ दुर भएको बेला,
दया देखाइ भै मनकारी आउछौ भने आउ।।
तिम्रो निम्ति पटक पटक हारिदिउला
मेरो भागको सारा खुसी सारिदिउला
तिमी बिनाको हरेक पल त मृत्युु तुल्य नै हो
लामो आयु बाच्नु तिमी म मरिदिउला
गजल: श्रीङ्गारीक सर
एक रात सँगै टासिंएर बस्न पाए पो मजा
च्याप्प समाई अँगालो कस्न पाए पो मजा
अधेरी रातमा हराउदै यो प्रेमिल दुनियाँको
तिम्रो कामुक बदनमा फस्न पाए पो मजा
नसालु नयन तिम्रो कोमल छ बदन पनि
अधरमा अधर मिलाई डस्न पाए पो मजा
कोठा बन्द गरि निवश्र बनी तिमी अनि म
एउटै सिकर मुन हामी पस्न पाए पो मजा
करेन्ट सरि तरंग पैदा हुदा प्रेमिल रात अनि
घर्षण पूरा गरि यौवनमा खस्न पाए पो मजा
एक बिर्सनै नसकिने गुण लगाएका थियौ र त तिमीलाई म हरपल सम्झन्छु नभए खासै सम्झना मा आउनुपर्ने मान्छे त हैनौ तिमी 😊❣️
सुनन,
दुई चार शब्द लेख्दिउँ त?
वर्तमानमा मुस्कुराउँदै विगतको पीडा छेक्दिउँ त?
माया अमर छ मर्दैन भन्थ्यौ,
प्रेम गर्नेको घर जलाइ पराईको कार चढेको कहानी, कथा बनाई लेख्दिउँ त?
विर्सनै नसकिने गुण लगाएककि छौ ।
दिनको चैन रातको निद भगाय कि छौ ॥
तिम्रै यादहरु घुमिरहन्छन् मेरो मानसपटलमा ।
मरेको लासलाई पनि जगायकी छौ ॥
तिमी अन्तै अरुसङै रमाएको देखेपछि
मलाई छाडि अरुकै हात समाएको देखेपछी
थाहा छैन मलाइ मैले खै के के गर्नुपर्थ्यो?
आँखा अघि अन्तै घरबार जमाएको देखेपछि
माया गर्छु भन्छौ अर्कै सङ्ग नाता जोडेपछी
सन्चै छौनि भन्छौ पिडामा साथ छोडेपछी
माया होकी लालच हो के बुझौ मैले भन सानु
मलाइ देख्यौ तिम्ले चिल्लो कार मा चढेपछी
सङै मिलेर सानी धान रोपौला ,
कहि झ्याउरे गित त कहि उखान रोपौला ,
एक माना को दुई मुरि फले बर्ष दिन पुग्ला ,
आमाको पसिना अनि बा को बलिदान रोपौला ।।