If You Want To Post Your Content Here Send Now!

कथा : मेरी बहिनि ( अभागी दाजु ) – एक मार्मिक कथा

कथा : मेरी बहिनि ( अभागी दाजु ) – एक मार्मिक कथा

Nepali साहित्यको एउटा गहिरो अंश हो – दाजु-बहिनीको सम्बन्ध। हाम्रो नयाँ ब्लग 'कथा : मेरी बहिनि ( अभागी दाजु )' मा, हामीले एउटा दाजु र बहिनीको गहिरो माया, त्याग, र संघर्षको कथा प्रस्तुत गरेका छौं। यो कथा विशेष गरी तिनीहरूको जटिल जीवनका घटनाक्रमलाई उजागर गर्दछ। दाजु-बहिनीको माया, बिछोड, र पीडाको यो कथा तपाईँको हृदयलाई छुनसक्छ। यो मार्मिक कथा पढेर तपाईँलाई पारिवारिक सम्बन्धको महत्त्व र प्रेमको गहिरो अर्थ बुझ्न सक्नुहुनेछ।

Story: My Sister (Unfortunate Brother) – A Heartfelt Tale

Nepali literature deeply reflects the bond between siblings. In our new blog 'Story: My Sister (Unfortunate Brother)', we present a tale of deep love, sacrifice, and struggle between a brother and sister. This story particularly highlights the complex events of their lives. The love, separation, and sorrow in this sibling relationship can touch your heart. By reading this heartfelt story, you will understand the significance of familial bonds and the profound meaning of love.


कथा : मेरी बहिनि ( अभागी दाजु ) – एक मार्मिक कथा

      एउटा सानो र खुसी परिवार थियो । बुवा मास्टर र आमा समाज सेबी , तिनका एक छोरो र एक छोरी थिए । छोरो भने ८ बर्ष र छोरी चैँ ३ बर्षकी थिइन् । ति दुई दादा-बहिनिको जोडि आहाँ ! यति मिल्दो थियो कि सबै अचम्म पर्थे।

तिनको मायालाइ शब्दमा बयाँन गर्न कठिन थियो । बहिनिको आँखामा आशु दाजुले देख्न सक्दैन थ्यो। आमाले बहिनीलाई पिट्दा दाजु आमालाई नहान्नुन भनि आमालाइ बिन्ति गर्थ्यो त्यो देखेेर बुवालाइ नराम्रो लाग्थ्यो र आमालाइ गाली गर्नुहुन्थ्यो ।

दाजुलाइ पिट्दा बहिनि रुने, बहिनिलाइ पिट्दा दाजु रुने । यो देखेर आमालाइ पनि पिट्न मन लाग्थेन।

तिहारको दिन थियो, हरेक बर्ष झै त्यो बर्ष नि आफ्नो बहिनिको लागी बचत गरेको पैँसाले सानो गिफ्ट किनेर दिन्छ । बहिनिको मनमा खुल्दुली हुदैँ थियो कि यस् भित्र के होला ?? उनले मन थाम्न सकिन्न र गिफ्ट खोलीन् त्यस भित्र Teddy_Bear देखेर यति खुसी हुन्छि कि त्या बाट उठेर दाईको अँगालोमा बाधिएर I_love_you दादा भन्छे , बिहिनिको अनुहारमा खुसी देखेर बुवा-आमा र दाजु पनि खुसी थिए ।

बिस्तारै बिस्तारै दिनहरु बित्दै गए, दाजु-बहिनि ठुला हुदै गए बहिनि ८ मा पढ्ने र १३ बर्षकी भएकी थिइन् र दाजु १२ पास गरी सकेर घरमै बसेका थिए र उनि १८ बर्षाका जवान भइसकेका थिए।

एक दिनको कुरा हो । दाजुका साथीहरु पढ्नको लागी बिदेश तिर जानलागेको कुरा सुन्छ र घरमा आमाबुवा संग म पनि बिदेश पढ्न जान्छु भन्छ । आमाबुवा अचम्म पर्नु हुन्छ र भन्नुहुन्छ " बाबु आज अचान्क बिदेश जाने कुरा किन ? " केटो संग केहि उत्तर दिन सकेन ।

आखीर कस्को आमाबुवालाई आफ्नो छोराछोरी ठुलो मान्छे भएको हेर्ने मन हुन्न र । अर्को दिन आमाबुवाले छोरा संग बिदेश पढ्न पठाउने कुरा भन्नुहुन्छ । त्यो कुरा बहिनिले सुने पछि एकछिन खुसी हुन्छिन् तर पछि झन ४,५ बर्ष सम्म घर नआउने कुरा सुन्छिन् । बहिनिको मनमा घेरै ठुलो चोटलागे जस्तो हुन्छ । एक छिन एकअर्का संग नबोलि, नदेखी बस्न नस्कने दाजुबहिनिको आमाबुबालाई चिन्ता लाग्न थाल्यो..........

⚠ केहि दिन पछि .....

दाईको Visa लाग्छ र बिदेश जाने तयारी गर्छ ।

अर्को दिन, दाईको ४ बजेको बस टिकट थियो । घरबाट छुट्टिने समय हुदै थियो।

दाइ बहिनिलाई भन्छ ," राम्रो संग पढ्नु , बुवाले भनेको मान्नु , आमालाई काममा सघाउनु , समया खाना खानु अनि मेरी प्यारी परी मलाई सम्झेर रुने होइनि फेरी । तिम्रो दादा बिदेशबाट आउँदा तिम्रो लागी laptop लिएर आउन्छ , घरमा मिलेर बस्नु ।"

आमाको आँखामा आशु टह-टह टल्कीदै थियो ।
आमालाई ढोक्दै " आमा ४ बर्षको त कुरा हो नि त्यापछि संगै ठुलो र राम्रो घरमा सुशीले बसैँला । हजुरहरुको सपना पुरा गरेर आउँनेछु ।

बुवालाई ढोक्दै " बुवा हजुर मन सानो नपार्नुस् , हजुर बाट त मैले हौउसला पाउन्छु , हजुर त ! मेरो तागत र इज्जत हुनुहुन्छ , हजुर नैँ कमजोर भए मैले कसेरी ४ बर्ष बिदेशमा काट्ने ?

आमा-बुवाको आर्सिवाद र बहिनिको माया साथमा लिएर बिदेश तिरको यात्रा सुरु हुन्छ । ✈✈✈



कथा : मेरी बहिनि ( अभागी दाजु ) – एक मार्मिक कथा

कुनै दिन, हुँ-हल्ला र सुखले भरीएको घर, छोरो बिदेश गएपछि सुनसान थियो । आमा छोराको यादमा टोलाई रहन्थे र बुवा उनिहरुलाई हौसला दि रहन्थे र कहिले काहि छोराको याद आउदा दारु पिएर मन शान्त राख्नु हुन्थ्यो ।

बिदेशमा पुगेेको केहि दिन पछि पढाइ सुरु गर्छ र बाँकी समयमा काम गर्थ्यो । दिनहरु राम्रै संग बितिरहेका थिए।

बिदेशमा पढ्न गएको, दाईको पढाई सकिन २ बर्ष जति थियो । एक दिन दाजुले बहिनिको बिहेको खबर पठाउँछ र एक छिन त आकाशबाट कसैले धकालेर धर्तिमा खसे जस्तो महसुस् हुन्छ ।

आमा संग फोन गर्दै सोध्छ " आमा के बहिनीको बिहे हुने कुरा सत्य हो ??

आमा " हो ! बावु , केटो खान्दानि र इज्जतदार घर परिवार बाट छ "

छोरो "बहिनि त भर्खर १५-१६ बर्षकी छे , यति सानै उमेरमा बिहे गर्ने रे किन आमा ?? "

आमा " त ! धेरै जान्ने न हो , या तेरी बहिनि र केटाको मन मिलि सक्यो केटो महिनाको २-३ लाख कमाउन्छ ।" यत्ति भनेर छोराको केहि कुरा नसुनिकन फोन राख्छिन् ।।


कहि दिन सम्म घर परिवार संग कुराकानी हुदैन । बिदाको दिन थियो । बहिनि दाजुलाई Imo बाट फोन गछिन् तर दाईको कल नउठे पछि एक छिन चिन्तित हुन्छिन् र एक छिन पछि बहिनिको फोनमा दाईको फोन आउन्छ। बहिनी धेरै खुसी हुन्छे। फोन उठाउदै....


बहिनि " दादा, हजुरको पढाइ कस्तो हुदैछ ? "

दाई (हास्दै) " राम्रै छ, " 😊😊

बहिनिले भनिन्न यस पालीको दशैँ तिहारमा घर आउन हुन्छ । "

दाई " नाई बहिनि आउन मिल्दैन । "

बहिनि केही भावुक भएर भनिन् “ अनि मेरो बिहेमा नि ?? "

दाई " खै, के हुन्छ था छैन " 😞😞

बहिनिले झनै अँध्यारो अनुहार पारेर भनिन् “अनि हजुर पनि जाने होलानी मलाई पुर्याउन ।" 😥😥
दाईको अनुहार अँध्यारो भैसकेको थियो।
दाईले सानो स्वरमा भनें “खै! के हुन्छ यता बाट आउन नमिल्ला जस्तो छ ।
केटाको घर कता हो नि ? "

बहिनि " India , उहाको ठुलो कम्पनी छ र बसाई पनि त्यतै हो ।"

दाईले फेरि भने “अब त तिमिले टीका लगाइ दिने पनि कहिले हो कहिले खै बिहे पछि त झन टाढा पो हुन्छैँ।”

उनका आँखा भरिइ सकेका थिए। उनले केही बोलिनन्। बहिनिका आँखाबाट आशुको एउटा ढिक्का बाहिर निस्की हाल्यो। उनले हातले आँसु पुछ्दै बोलिन् “ म भोली कल गर्छु नि।” उनी रोएको देखेर दाइको पनि आँखा रसिला भएर आए। दाईलाइ थप केही बोल्न आएन। बहिनिले आँसु देख्लिन् भनेर अर्कापटि अनुहार पारेर भनें “ल ल म काममा जान्छु अब। भोलि कुरा गरौंला।” यति भनेर Imo बन्द गरे ….


Story: My Sister (Unfortunate Brother) – A Heartfelt Tale

केहि दिन पछि बहिनिको बिबाह थियो । बिदेशमा पढ्न गएको दाई खुसीका साथै दुखी पनि थियो ।घरमा उसले बहिनिको बिहेमा आउन सकिन्न भनेको थियो तर एउटा दाजुको मन त हो ! बहिनि पनि एउटै थि अनि जुन बिहिनिलाई आफु भन्दा धेरै माया गर्थ्यो त्यै बहिनिको बिदाईमा नजाने त कुरै भएन । उस्ले कलेजमा आफु बिरामी भएको र केहि दिन कलेज नआउने जानकारी गराउन्छ ।

उता घरमा बहिनिको बिहेको तयारी हुदै थियो । दाजुले पिलेनको टिकट किनि सकेका थिए । भोलि पल्ट दाईको फलाईट थियो । उनि बहिनीको लागी गिफ्ट किनेर कोठामा जादै थिए अचान्क केहि गुन्डा आउछन र खुकुरी हानेर उ संग भएको पैसा र गिफ्ट लग्छन् ।


अर्को दिन उता घरमा बहिनिको बिहे हुदै थियो र अर्को तिर बहिनिको बिदाई गर्नको लागी पिलेनमा घर आउने दाई पिलेनमा लास भएर आउदै थियो ।


बहिनि दाई संग कुरा गर्छु भनेर दाजुलाई कल गर्दै थिन् तर उनिलाई के था उनको दाजु अब यो संसारमा हुनुहुन्न भनेर । । 😫😫😫 धेरै पल्ट फोन गरिन् तर लागेन , उनि भित्राभित्रै धेरै दुखी थिईन् जुन दाईलाइ संग दिनमा एक चोटि नबोलि बस्न सक्थीन्न त्यै दाइ आज उनको बिहेको दिनमा उनलाइ बिदाई गर्नको लागी थिएन ।


Story: My Sister (Unfortunate Brother) – A Heartfelt Tale

घरबाट बहिनिको बिदाई भइसको थियो। बहिनि बाटो दोर्याउन माइति घर आउदै थिइन् । त्यै दिन बहानै एउटा पुलिसको जिब र लासको बाकस राखेको गाडि लिएर बिदेशमा बस्ने दाजुको एक साथी आउदै थियो । घरको आगँनमा पुग्दा ,आमा रुदै आउनु भयो ।

छोराको लास देखेर आमा रुदै " मेलै हिजो राति तलाई सपनिमा देखेको थिए छोरा , तेलै मलाइ किन यो सब भनिनस् हँ " 😭😭 भन्दै कराउदै रुदै थिन् । बुवा पसल बाट घर पुग्दै थिए बाटै बाट घरमा धेरै मनिस देखेेर दौँडिदै आइपुग्नु भो र छोराको लास देखे पछि बुवा भुइमा छच्चक बस्नु हुन्छ र धुरुधुरु रुन थाल्छन् ।


आमाबुवाले त ! उनिलाइ पढ्न पठाएका थिए तर घर आउदा लास भएर पो आएछन् । बहिनि र ज्वाई साप पनि पुग्छन् बिहिनिको मन टुटेर छियाछिया हुन्छ । आफुलाइ आफु भन्दा धेरै माया गर्ने दाजुको लास हेर्न त गारै हुन्छ नि । 😭😭

दाजुको लास संग टासीदै रुदै थिइन् र भन्दै थिइन् " दादा हजुरले हामी सबैलाई किन छोडेर जानु भाको , केहि बोल्नु न दादा " 😭😭

त्यो द्रिश्य देखेर त्यो घरमा जम्मा भएका छिमेकी पनि रुन थाले । कुनै दिन त्यो घरमा दाजु हुदा खुसीले भरिएको घर आज त्याहाँ रुवाबास थियो ।



अर्को दिन लास पोल्न जादा दाईको साथीले बहिनिलाई दाईले लेखेको डाईरी दिन्छ र त्यो डाईरी कस्सैलाई थाहाँ नदि बहिनि राखछिन् र घर गए पछि पढ्नको लागी खोल्छिन्।।।।

( डाईरी भित्र लेखेको ) 👇👇👇

" मेरी प्यारी आमा । आज म संग धेरै समय छैन जस्तो लाग्दैछ, हिजो राती म कोठामा जादै थिए त्यतिकैमा केहि लुटेराले म संग भएका पैँसा लुटेेर लगे र मलाई खुकुरी हाने । अहिले म हस्पिटलमा छु म बाच्छु या बाच्दैन थाहाँ छैन । बुवा हजुर यदि म मरे भने मलाइ माफ गरि दिनु है । मैले हजुरको सपना पुरा गर्नसकेन र घर परिवारको ख्याल राख्नुहोला । हुन त आज बहिनिको बिहेको दिन उ म संग रिसाकी होली तर बहिनि मैले तिम्रो बिहेका लागि गिफ्टका साथ घर आउदै थिए आज मेरो फ्लाइट थियो तर म आज हस्पिटलमा घाईते अबस्थामा छु । आमा बहिनि माईत आउदा मेरो मायाको कमी हुन न दिनु हैँ अनि हजुर पनि मलाइ सझेर बेलाबेला नरुनु नि फेरी , समयमा खाना खानु हैँ आमा । बहिनि तिहारमा दाई छैन भनेर न रुनु हैँ , छिमेकी काकीको छोरो भुन्टेलाई टिका लगाउनु । आमा-बुवा,बहिनि हजुरहरुले मलाई सम्झिदा हजुरको आँखामा आशु होइन मनमा खुसी र माया होस् । " ❤❤❤


"पढ्नेलाई सुनको माला , लेखकलाई फुलेको माला , यो कथा बैकुण्ठ पुगिजाला "
॥ धन्यवाद ॥


लेखक :
अनमोल बिष्ट 
देखतभुली, कञ्चनपुर

Post a Comment

Cookie Consent
Like grandma's cookies, our website uses cookies to customize your experience and analyze our traffic. Click 'Accept' and enjoy a personalized experience.
Oops!
Looks like the internet connection is playing hide-and-seek. Please reconnect to get back on track!
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.
-->