मन छुने नेपाली सायरी , गजल र मुक्तक ( माया, बिछोड, दुःख, पिडा )
Nepali
Shayari, Ghazals, and Muktak have a unique way of touching the heart and soul.
Whether it's the sweet whispers of love, the profound agony of separation, the
melancholic hues of sorrow, or the fiery passion of romance, these poetic forms
capture the deepest emotions of the human experience. In this blog, we bring
you an exquisite collection of Nepali Shayari, Ghazals, and Muktak that beautifully express the themes of माया (love), बिछोड (separation), दुःख (sorrow), and प्रेम (passion). Explore the profound artistry of Nepali poetry
and let these verses resonate with your soul.
१.
आफ्नै बर्बादीको बाटो खनेर, के गर्छौँ।
सारा दुनियाँ मेरो नै हो भनेर, के गर्छौ।
सुन्छु,मायाको छुट्टै संसार बनाउँदै छौं रे;
अरे यार,तिमी आफै पागल बनेर,के गर्छौ।
२.
मरेपछि तारिफ गरेको पनि के काम
बिना अर्थ आँशु झरेको पनि के काम
जे गर्नु छ जिउँदो हुँदै गर्नुपर्छ....
मरेपछि ताज महल नै बनेको पनि के काम ।।
३.
हाँसिरहने हँसुवा बिचरा ! ससुरा बा हाहाहा
उनकी छोरीले नै हत्ते गरेको मलाई , के थाहा.....
छोरी बिना मलाई पनि गाह्रो पर्छ, भन्दै-भन्दिन,
प्रियाकि माउले देख्दा,पक्कै भन्नेछिन ज्वाइँ आहा!
४.
किताब च्यातिए पछि गाता के काम,
कसैले सोध्दा नाई भन्ने नाता के काम
पानी परेर लुत्रुक्क रुजाई सकेपछि,
मुसुक्क हाँसेर दिएको छाता के काम।
५.
चोट हुनेले नोट हुने संग सम्बन्ध नगाँसेकै बेस।
ब्यबहार नमिलेपछि एकै छिनमा बद्लिन्छ भेष।
त्यो सम्बन्धलाई जोगाउन जतिसुकै दुख गरेपनि
कुन्नि कतिबेला गणित मिल्दैन लागेरै छोड्छ ठेस।
६.
मुटु मात्रै दुखाउछ हेर कुनै फाइदा छैन
निस्टुरि को तस्बिर राखेर कुनै फाइदा छैन
जस्ले अर्कै को लागि तपाइलाई बिर्सियो
अब उसैलाई सम्झेरकुनै फाईदा छैन
७.
को आउँछ र यहाँ ,फूलको थुङ्गा बोकेर ।
म पनि सधै कहाँ हिड्छु र डुङ्गा बोकेर ।।
सँगै जिन्दगीको समुद्र पार गरौं के भने थेँ ,
आफन्त आएको छरे गोजीमा ढुङ्गा बोकेर ।
८.
बाँच्दिन कि ! जस्तो , भएर पनि , बाँच्नै परेको छ
अभागी रहेछु ज्युँदै मरेर पनि हाँस्नै परेको छ
अधुरो यादले एक्कासि छातीमा भत्भती पोल्दा पनि,
कोमल अधरमा निर्दयीको माया राख्नै परेको छ।
९.
छ अझै मुटुको दाँयाबाँया मरेको छैन।
बनेर आउँछ सधैं घाम छाया मरेको छैन।।
तिमिले पो अर्कै रोज्यौ मेरो माया मार्यौ।
तर तिमि प्रतिको मेरो माया मरेको छैन।।
१०.
जीवन सङ्घर्षमा जुटेको यो मेरो कथा ।
परदेश लागे यता छुट्टै मेरो पिर,व्यथा ।
सन्चै छु आज सम्म त म यहाँ बाबा,आमा।
रातमा निद छैन कस्तो छ हजुरहरुलाई त्यता ।
दुई दिन परदेश लाग्दैमा भूल्ने छैन कहिल्यै ।
मेहनतमा जुटिरहेको छु सफलता मिलेको छैन अहिल्यै ।
अझै दुःखमा साथ दिन सकेको छैन आमा हजुरलाइ ।
आफैं दुःख गरी सन्तानको खुसि चाह्यौं जहिल्यै ।
रोगले सताएको होला बाबा के छ कुन्नि खबर ।
सँगै बस्ने तिम्रो सहायक बन्ने थियो नि मलाई रहर ।
बाध्यतामा परि हिडेको हु परिस्थितिले गर्दा ।
आमा,बाबाको सपना सँगै आफ्नो लक्ष्य पूरा गर्न भनेर ।
बढ्छ चिन्ता समयमै केहि गर्न सक्दिनँ कि भनि ।
बसेको छु सफलता प्राप्त गर्ने कहिले आउछ दिन गनि ।
आजभोलि निद छैन पिडा अनेक थरीथरीका ।
जानेर बुझेर पनि बसेको छु लाचारी बनि ।
(कसैको जीवनमा मेल खाएमा केवल संयोग मात्र हुनेछ।)
११.
डर लाग्छ हाम्रो माया पोखिन्छकी कतै
सङ्गै हिड्ने पाइलाहरु रोकिन्छकी कतै
भन्न त भन्छौ तिमी जीवन भरी साथ दिन्छु
चोखो माया धन पैसामा जोखिन्छ कि कतै
१२.
ढुंगा पुज्नलाई फुलको डाली चुडाउदै रोएँ !
माफि माग्दै उसलाई शिर झुकाउदै रोएँ !!
स्वार्थी मान्छे स्वार्थी समाज यस्तै रहेछ !
तिम्रो चोटमा आफ्नै मन दुखाउदै रोएँ!!
केही पाउनलाई केही गुमाउनु पर्दा यहाँ !
कसम खादै जोडिएका नाता छुटाउदै रोएँ यहाँ!!
पाउनु गुमाउनु यहाँ भाग्यको खेल रहेछ !
तिम्रो मेरो विचारको कसम फुकाउदै रोए!!
आँसु हरु सुकिसके सुख्खा छन आँखा हरु!
तिमीलाई बिदा गर्दा हिम्मत जुटाउदै रोएँ!!
न पेटमा भोक, न मुखमा थुक छ भनेकै त थिएँ
निद्रा लाग्दैन, रातभरि मुटु दुख्छ भनेकै त थिएँ
अन्तिमपल्ट भेट्ने अवसर आफैं गुमायौ तिमीले
म बिरामी छु, अवस्था नाजुक छ भनेकै त थिएँ ।