If You Want To Post Your Content Here Send Now!

Ads By Admin

मन छुने नेपाली सायरी , गजल, मुक्तक, कविता - अनमोल बिष्ट

मन छुने नेपाली सायरी, गजल, मुक्त Nepali Shayri,gajal,muktak || गन्तव्य नमिलेर छुटेको एउटा यात्री हुँ.... कुर्था भन्दा सारी लगाउ म‌ फिदा हुन्छु...

Collection of Nepali Shayari, Ghazals, and Muktak

Nepali Shayari, Ghazals, and Muktak have a unique way of touching the heart and soul. Whether it's the sweet whispers of love, the profound agony of separation, the melancholic hues of sorrow, or the fiery passion of romance, these poetic forms capture the deepest emotions of the human experience. In this blog, we bring you an exquisite collection of Nepali Shayari, Ghazals, and Muktak that beautifully express the themes of माया (love), बिछोड (separation), दुःख (sorrow), and प्रेम (passion). Explore the profound artistry of Nepali poetry and let these verses resonate with your soul.
Nepali Shayari, Ghazals, and Muktak have a unique way of touching the heart and soul. Whether it's the sweet whispers of love, the profound agony of separation, the melancholic hues of sorrow, or the fiery passion of romance, these poetic forms capture the deepest emotions of the human experience. In this blog, we bring you an exquisite collection of Nepali Shayari, Ghazals, and Muktak that beautifully express the themes of माया (love), बिछोड (separation), दुःख (sorrow), and प्रेम (passion). Explore the profound artistry of Nepali poetry and let these verses resonate with your soul.

Sath dine vaya jindagi varii lai deu Maya, 

Ek din KO sath taw malami ley ni dinxan..!



टाउकोमा राउटर राखेर सुत्दा पनि
तिम्रो म्यासेजको notification आएन हो
अब सुत्नुपर्छ Good Night

 उम्लिदै गर्दा पानीले पनि सोच्दो हो 
यदि भाडो नहुदो हो त 
म पनि पक्कै जवाफ दिने थिए आगो लाइ।

 एउटै शरीर भित्र भएको मन र दिमागको कुरा त मिल्दैन, अरुसँग त के मिल्थ्यो र !!


गजल ' म नहुन सक्छु'

छिटो आउ पछि आउँदा म नहुन सक्छु घाम ढल्केर जुन उदाउँदा म नहुन सक्छु लागेका तिता मिठा कुराहरु अहिले भन भन्न मन लागेर सम्झाउँदा म नहुन सक्छु दिल बन्दगी छ मेरो छोडेर अरु माग केहि मागेर पनि खुशि अन्माउँदा म नहुन सक्छु जिन्दगि त्यति सजिलो कहाँ छ र? झेल्न मनले मनैदेखि मन पराउँदा म नहुन सक्छु आश गर! टुटेको दिल त जोडिएला फेरि जोडिएपछि उत्सब मनाउँदा म नहुन सक्छु ।


Nepali Shayari, Ghazals, and Muktak have a unique way of touching the heart and soul. Whether it's the sweet whispers of love, the profound agony of separation, the melancholic hues of sorrow, or the fiery passion of romance, these poetic forms capture the deepest emotions of the human experience. In this blog, we bring you an exquisite collection of Nepali Shayari, Ghazals, and Muktak that beautifully express the themes of माया (love), बिछोड (separation), दुःख (sorrow), and प्रेम (passion). Explore the profound artistry of Nepali poetry and let these verses resonate with your soul.


' मुक्तक : म फिदा हुन्छु '

कुर्था  भन्दा  सारी लगाउ म‌  फिदा हुन्छु
ति नयनमा गाजल सजाउ म फिदा हुन्छु
नक्कल  झक्कल सोह्र  शृङ्गार गर्नै पर्दैन
प्राकृतिक स्वरूपमा आउ म फिदा हुन्छु

मुक्तक : आउनु पर्छ '


ढाकाटोपी दौरासुरुवाल लगाएर आउनु पर्छ
माया र सम्मानले हृदय सजाएर आउनुपर्छ
 त्यसै त तिमी सँग बिहा गरेर जादिन कान्छा
जन्ति नाच्दै, पंचेबाजा बजाएर आउनुपर्छ


' मुक्तक : के गर्छौँ '

आफ्नै बर्बादीको बाटो खनेर, के गर्छौँ।
सारा दुनियाँ मेरो नै हो भनेर, के गर्छौ।
सुन्छु,मायाको छुट्टै संसार बनाउँदै छौं रे;
अरे यार,तिमी आफै पागल बनेर,के गर्छौ।


म तिम्रो लागि सबै छोड्न सक्छु 
तिमी भने मेरो लागि boyfriend छोड्न सक्दैनौ 

फेरी उसैगरी बोल्न मन् छ तिमीसँग,
तर डर लाग्छ कहिँ फेरी प्रेम नहोस्।।

आज बिहान बिहानै श्रीमती ज्यु संग झगडा पर्यो,,
उनले भनिन -"समाल्नुस तपाईका छोराछोरी म माईत गए ।"
मैले पनि भने -" हुन्छ तिमी माईत जाउ, म ससुराली जान्छु, छोराछोरीलाई मामाघर पठाईदिन्छु ।"
अहिले हिसाब-किताब मिलेको छ 😂😍😋🙈

कसैले सोध्यो धेरै बद्लिएछौ त 
मैले मुस्कुराउदै भने जरुरी थियो ।

Timro loyal boyfriend aaru ko live ma Gayerw Girlfriend chaiyo vandai xa buini 😏

Boyfriend हुदा सम्म 
बेप्पी सोना मोना हेप्पी भ्यालेन टाइन भन्दै पोस्ट गर्थी 😂
ब्रेक-अप भएछ क्यारे 
पहिलो प्रेम मेरि आमा भन्दैछे आज 
ढिलै भएनी दिमाग आएछ बहिनिको 🤣


राख प्रेम प्रस्ताव


ऊ नबोल्दा तिमीलाई फरक पर्छ भने ,  राख प्रेम प्रस्ताव , 
ऊ दुखी हुँदा तिम्रो पनि मन दुख्छ भने , राख प्रेम प्रस्ताव , 
ऊ खुसी हुँदा ऊसँगै हाँस्ने मन गर्छ भने  राख प्रेम प्रस्ताव , 
ऊ नहुँदा तिमीलाई फरक पर्छ भने , राख प्रेम प्रस्ताव , 
जति नै ब्यस्त भए पनि उसको लागि समय दिन सक्छौ भने , राख प्रेम प्रस्ताव , 
उसलाई चाहिएको बेलामा तिमी , जस्तो सुकै साथ दिन पनि तयार छौ भने  राख प्रेम प्रस्ताव , 
उसलाई आफूलाई जति नै बिश्वास गर्छौ भने , राख प्रेम प्रस्ताव , 
एक दिन मात्र होइन जिन्दगीभर उसको हातमा  हात साथमा साथ मिलाएर हिँड्न सक्छौ भने , राख प्रेम प्रस्ताव , 
आज गरेको प्रस्तावलाई बिवाहको मण्डपसम्म पुर्याउन सक्छौ भने , राख प्रेम प्रस्ताव


' कविता: म कहाँ जाउ '

म भागेर कहाँ जाउ
सच्चाई भन्दा पर
म भागेर कहाँ जाउ
आफन्त भन्दा पर
मैले पनि सोचेको थिए...

मलाई जित्नु छ सच्चाईले
मलाई बन्नु छ म आफैं
मलाई सुन्नु छ आफ्नै आवाज
मलाई कोर्नु छ आफ्नै कथा

परिवर्तन भए रहरहरु
रहर जस्तै बने वाध्यताहरु
मलाई डर छ म आफ्नै नबनुँ
आफु मै नहराउँ !
फेरि.....!

गजल 

जहाँ निरासा हुन्छ त्यहाँ थोरै आस हुन्छ

झूट बोल्नेहरुलाई झूटकै विस्वास हुन्छ

सर्व सम्पन्न छौ तिमिलाई के थाहा हुन्छ

सोध न यता गरिबीमा के उदास हुन्छ?


मान्छेहरु धेरै बोल्दा प्रेम भएको ठान्छन् 

म सोच्छु बचनमा सिर्फ प्रेम आभास हुन्छ


गजल

छिनमै रिसाउन्छौ छिनमै ए काली भन्छौ
उडेर जान्छौ आई बस्ने मेरो डाली भन्छौ

यहाँ छु भन्दा त्यहाँ पुग्ने त्यहाँ पुग्दा उहा
घुमाइ घुमाइ कुरा फेर्ने तिमी जाली भन्छौ

छुटिसके आफ्ना जति कोहि छैन साथमा
म तिम्रो,तिमी मेरो अब प्रिय माली भन्छौ

मुक्तक : 'नभएपछि '

म छु म  भएर के  गर्नु मन नभएपछि 

जिन्दगी  त छ के  गर्नु धन नभएपछि 


आफ्ना सबै आफ्ना रहेनछन थाहा भो

आवश्यकतामा आफ्नो´पन नभएपछि


गजल

यो जिन्दगी न वार न पार भएको छ

पटक-पटक जितमा हार भएको छ


खोइ कहाँ के-के मिल्दैन हिजोआज 

अन्जानमा गल्ती बारम्बार भएको छ


सानो छँदा अँध्यारो बाट डराउने म 
आज त्यही अँध्यारो नै प्यारो लाग्छ ।।

मलाई दुनिया सँग लड्नु छैन,
बस समय र परिस्थिति सँग लडेर, 
आफ्नो उदेश्य पुरा गर्न सकु!!

आफुलाई कहिल्यै आफुसँग हार्न नदिनु,
शत्रुहरू लागेर केहि फरक पर्ने छैन, जिन्दगीमा सुख आउला या न आउला☺️

 

जो कोही एक्लै बाच्न सक्छ यहाँ,
तर लाग्छ तिमी साथ भयौ भने सहज हुन्छ जिन्दगी।। 

कविता : मायालु 

वरपर जताततै तिम्रै बखान थियो 

जान्छु भनि हात हल्लाउदा मुटु भक्कानियो।

दर्के पानिमा छाता ओठ्दै चढ्दा तिम्ले गाडि

पुछे आशु टाढा जादा भित्ताको छेल पारी।


दुनियाले मेरो बारे आलोचना गर्दा

निर्दोस छ भनि अव कस्ले माया गर्ला

लाग्यौ बाटो फर्की आउने आशा छैन

मूटुमै गढ्ने साचो माया मनमा लेखाएर

#मायालु 


गजल

मुस्किल हुन्छ, दिलमा घाउ नलगाउनुस्।

औंला दिँदा हात निल्ने दाउ नलगाउनुस्।


अब त म पनि बुझ्ने भएको छु, महोदय!

तपाईं अपमानको हाउभाउ नलगाउनुस्।


मत ढिडो खाएर हुर्किएको डुल्दै खेल्दै गाउँमा

आटो नै मनपर्छ भान्सामा पुलाउ नलगाउनुस्।


मुक्तक : ' कुरा '


भो नगर  बानिका  कुरा आदतको कुरा

बल्ल तल्ल छुटाइएको त्यो लतको कुरा


बिर्सन्छु भन्छु फेरिपनि याद आइरहन्छन् 

किन बल्झिन्छ यसरी म`मा बिगतको कुरा?

गजल: ' मन भएपछि '

तिमीलाई अक्षरहरुमा समेट्ने मन भएपछि

आएकोछु अन्तिमपटक भेट्ने मन भएपछि

हराएका चाहनाहरु खोज्दै भौतारि रहेछु

घृणित यो अंगालोमा लपेट्ने मन भएपछि


न आउनु भन्नू पर्थ्यो पहिल्यै तिमिले पनि

आएर यसैगरी पुनःलखेट्ने मन भएपछि


यो मनलाई  यसरी  सम्झाएको छु मैले

जसरी उसका यादहरु रेट्ने मन भएपछि


थोपडा को के काम मन नै सडे पछि,

नुन मसलाको के काम तरकारी नै डडेपछी


सायरी: ' नहुन सक्छ '

तिम्रो जस्तै उस्को रहर नहुन सक्छ

विश्वास गर, सबै जहर नहुन सक्छ


गाउले भन्छौ पाखे भन्छौ ठिकै छ,

सबैको रोजाइमा सहर नहुन सक्छ 


प्रदेशी मान्छे

फुटेर अङ्ग  रगत  बगेको सहन्छु

रित्तिएको  शरीर  गलेको सहन्छु


अरुको  चाह पुरा  गर्ने  चक्करमा

आफ्नै मनको चाह मरेको सहन्छु


एक अर्को  नयाँ जिन्दगी  दिनलाई

ठिकठाक यो शरीर कटेको सहन्छु


छुपाइ  परिवार  छातीमा  यो धूपमा

आफ्नो जिउ जिन्दगी डढेको सहन्छु


सायरी:' कालो दिन '

मैले  सबै  आफ्ना  गुमाएको दिन

दुश्मनले हात सुम-सुमाएको दिन


म कसरी बिर्सन सक्छु र महोदय,

जिन्दगीमा  उजाड  छाएको दिन


कसैले म छु भनी भरोसा दिलाएर

पछाडि बाट  छुरा चलाएको दिन


मेरो पीडा अवश्य महशुस गर्नेछौ

आफ्नै जन्मदाता  जलाएको दिन


गजल: ' सकेको छ '

वकालत  गर्ने  वकिल  रेटिसकेको छ

ठुलाठालुले नै कानुन घचेटिसकेको छ


करोडौं रेमिटान्स भित्र्याउने प्रलोभनले

देश युवाहरु परदेशमा लखेटिसकेको छ


फुल भनेर मलाई  नखोज्नु यहाँ अब

पत्थर खोज्नेले अगाडि भेटिसकेको छ


खोइ के  बुझेको छौ तिमि जिन्दगीलाई

जहाँ हजारौं सपना बाटोमै मेटिसकेको छ


गजल: ' उनेहरुलाई '

जलाउनुपर्छ शासन चलाउनेहरुलाई
देश  धरापमा  पारी  रमाउनेहरुलाई

आफ्ना  पराइ  कसरी  छुट्याउनु पर्छ
सोध्नुस पराइमा हक जमाउनेहरुलाई

हामी सत्तामा पुगे देश परिवर्तन हुन्छ
भन्दै विपक्षमा  रहि कराउनेहरुलाई 

फासिको  सजाय  सुनाइयोस  आजै
सरकार जिउँदो नारी जलाउनेहरुलाई

तिमीलाई आवश्यक पर्दा सम्झिनु है माया!
म अझै पनि तिम्रो स्वार्थको लागि प्रयोग हुन तयार छु..!!

Post a Comment

Oops!
Looks like the internet connection is playing hide-and-seek. Please reconnect to get back on track!
AdBlock Detected!
We have detected that you are using adblocking plugin in your browser.
The revenue we earn by the advertisements is used to manage this website, we request you to whitelist our website in your adblocking plugin.
Site is Blocked
Sorry! This site is not available in your country.
-->