लेखक :
अनमोल बिष्ट
देखतभुली, कञ्चनपुर
नबिन र राधाको भर्खरै बिहे भएको थियो। नबिन सानो आफ्नै कम्पनीमा दिन रात मेहनत गरेर सपना साकार गर्ने प्रयास गरीरहेको हुन्छ र राधा घरकै काममा बेस्त हुन्थिन् । दुबै बुढाबुढीको माया गाउँमा चर्चित थियो । उनको जोडि परेवाको जोडि जस्तै थियो।
एक रातको कुरा हो नबिन राति घर आउदा उसको हुलीया घाईते बाध जस्तो थियो। राधा – नबिनलाई देखेर झसङ्ग पर्छिन l यो के भाको हजुरलाई , नबिन -मधुरो बोलीमा ” मेरी प्यारी हाम्रो सपन अब अधुरो रहने भयो , कम्पनीमा आगो लागेेर केहि बचेन ।” आफ्नो जिवन साथीको आँखामा आशु कसेरी हेर्न सक्थिन् र । आफ्नो चुन्निको चालले आशु पुछ्दै “मेरो हजुर किन रुनु भएको न रुनुस् भन्दै अंगालो हालेर हौसला दिन्छिन् र जाउँ बरु खाना खाउ , जे हुनु थ्यो भइहाल्यो ” भन्छिन् । नबिन खाना नखाइ सुत्छ । समय बित्दै थियो घरको आर्थिक स्थीती झन झन गम्भीर हुँदै थियो….. गाउँमा छिमेकी संग पैसा उधारो मागेर घरबार चलिरहेको हुन्छ । लिएको रिन तिर्न नसकेर एक दिन अचान्क बिदेश जाने सोच्छ र गाउँमा साथीहरु संग केही रकम एकजुट गरेर पासपोर्ट बनाउन्छ र केहि महिना पछि भिसा लाग्छ । त्यो कुरा राधाले थाहाँ पाउन्छिन् , राति केटो घर आउदा केटि घरको दैलोमा बसेर रोइ रहेकी हुन्छिन् यो देखेर नबिन अचम्म पर्छ ।
नबिन : ( राधाको काधमा हात राख्दै ) किन रोए कि ??
राधा : ” मैले भनेका कुरा हजुरले माने पो हुन्थ्यो! यो मनका रहरहरु कहिल्यै जाने पो हुन्थ्यो! हजुर मेरो मनको कुरा बुझ्नलाइ त, मलाई आफ्नै ठानेपो हुन्थ्यो ! ”
नवीन : हैन , यो के भन्दै छै ? मैले त्यस्तो के गरे र ?
राधा : ( रुदै) सधैभरी संगैँ हुन्छैँ , संगै बसैला भनेर बिहे गर्नु भा होईन, किन जादै हुनुहुदैछ बिदेश ? बिन्ति छ ! नजानुन बिन्ती छ।
नवीन कहि नबोलि खाना खाएर सुत्न जान्छ ।
अर्को दिन बिहानै उठेर बिदेश जाने तयारीमा थिए । नबिनले बिदेश जाने अटुट फैसाला बनाई सकेको थियो । ( टिका लगाएर बिदाई गर्ने बेला…..। )
राधा नबिनको अंगालोमा बेसरी टास्सेर रुदै भन्छिन् ” कति सारै गरम् खै बिन्ति बरु घरै बेचेर रिन तिरौला , मलाई यता एक्लै छोडेर नजानुन। ”
नबिन : ” नाङ्गो ढाक्न लुगा र भोजनको लागि , देशमा रोजगार नपाएर विदेश जादै छु , छोडेर यो गाउँ र तिमीलाई बिदेश जादै छु , गाउँमा भाको पाखो बारि बन्दकिमा राखेर , हजार सपना सजाउन विदेश जादै छु । ” नरोउ राधा, म रिन तिरि सके पछि आइ हाल्छु नि ।
राधा ( आँखाबाट आशु खस्दै थिए ) : म एक्लै कसेरी बसैँला र ? नजानुन …..
नबिन ( दुखीत सोरमा ) : सन्चो नहुदा कान्छी सालीलाइ बोलाउनु , एक्लै भएको आभास भए माइतीघर जमनु ,मेरो यादले सताउदा कमजोर नहुनु ,बेला बेलामा फोन गर्दै गर्छु नि म । किन रुन लागेकी पागल । आफुत ! मुग्लानी परियो अब तिमी घर धनि बनेर बस हैँ पियारी । पछि बिदेशबाट आएपछि अनि खुशी संग बसौँला नि !
बिमानस्थल पुगे पछि नवीन बुवा र राधा अब छिट्टै आमाबाबु हुने खबर पाउन्छ र अर्को दिन बिदेशको लागि उडान हुन्छ । विदेशमा एउटा उद्योगमा काम पाउन्छ। डिउटिमा हुदा आफ्नो घरबार र प्यारीको सम्झनामा डुबि रहन्थ्यो । बिदेश आउदा राधाले रोएर मुल बाटो छेकेको सम्झना र आफ्नो हुनेवाला सन्तानको चिन्ताले सताई रहन्थयो । एक रातको कुरा हो , सपनीमा ” घरमा आगो लागेर आफ्नी प्यारीको निधन भएको देख्छ ” एक्कासी निद्राबाट उठ्छ, हतार हतारमा राधालाई फोन गर्छ तर फोन उठ्दैन त्यसपछि झन चिन्ता लाग्छ । केहि ५ मिनेट पछि राधाको फोन आउन्छ तर फोनमा राधा होईन , छिमेकी आमा हुनु हुन्थ्यो….
नबिन ( आत्तिदैँ ) : आमा हजुर संग यो फोन कसरी, राधा खोई ?
छिमेकी आमाले राधालाइ बेथाले च्यापेर अस्पतालमा छौ र केहि पैँसा चाहिएको कुरा भन्नुभयो ।
आफू संग बस्ने साथीहरू संग बाट केही रकम जम्मा गरी पठाउन्छ। केही समय पछि राधाले छोरी पाएको खबर नबिन सम्म पुग्छ र नबिन दोधारमा परेको थियो । तर्फ बुवा भएको खुसी र अर्को तर्फ आफ्नि राधाको यस्तो अवस्थामा संगैँ नभएको दु:ख । छोरीको नाम करणमा बिदा नपाएकाले घर जान सक्दैन । बाबुन बाजेले छोरीको नाम ” सीता ” राखेको हुन्छ ।
डिउटिमा खाना खाने समय भएको थियो, राधमलाई फोन लगाउन्छ… बुढाबुढी बिच माया प्रेम , दु:ख सुख्खका कुरा हुन्छन् र अर्को दिनबाट केटो दिनमा अफिस र रातमा गोदाममा काम गर्न थाल्यो र केहि सालमा रिन तिरी सकेको थियो तर पेट भर्न , छोरी र राधा संगै बस्नेको लागि भएपनि पैसा कमाउन जरुरी थियो । छोरी र पियारीलाई हेर्न नपाएको नि ३-४ साल पुगी सकेको थियो। एक महिनाको छुट्टि लिएर घर फर्किन पिलेन टिकट काटेको ८-१० दिन पछि फलाइट हुन्छ। साझ पर्दै थियो, घाम पश्चिमा अस्ताउदै थियो । राधा खाना पकाउदै थिईन् , एक्कासी “राधा , ए राधा ” भनेर बोलाएको अवाज सुन्छिन् र आँगनमा नबिनलाई देखेर खुसी हुन्छिन् र अंगालोमा बाधिएर रुन्छिन् । एक छिन् त उनीलाई सपना जस्तो लागेको थियो ।
राधा ” हजुर एक्कासी आउनु भो, एक चोटी नि भन्नु भएन हैँ म आउदै छु भनेर ? किन भन्नु हुन्थ्यो र ..”
राधाको अनुहार खुसीले चम्केको थियो… त्यो देखेर एक छिन् नबिन मनमनैँ सोच्छ ” म त्या बिदेशमा त्यती तड्पेको थिए राधाको यादले, उनीले त झन आमाको कर्तव्य पनि निभाउनु थियो र मोरो यादमा कति रात रुदैँ बितेका होलान् । राधा खाना पकाउन भुलेर नवीन संग कुरामा बेस्त थिइन् । एक पछि रोटि बलेको वास्ना आउन्छ आत्तिदै भान्सामा जान्छिन् । नबिन आफ्नी छोरीको नजिक जान्छ । त्यती बेला छोरी ३-४ बर्षकी भएकी थिईन् र तोते बोलीमा बाबा भने पछि नबिनको आँखामा आँसु भरिएको थियो । छोरीलाई हेर्दै ” राधा छोरीको अनुहार त तिमी जस्तै छ त ! हैँ ”
राधा ” हो हजुर था छ , आँखा, कान र नाक हजुरको जस्तै छ नि ! ” यस्तै माया प्रेमका कुरा गर्दै र हास्दैँ रमाउदैँ रात पर्छ ।।
राधा ” हो हजुर था छ , आँखा, कान र नाक हजुरको जस्तै छ नि ! ” यस्तै माया प्रेमका कुरा गर्दै र हास्दैँ रमाउदैँ रात पर्छ ।।
नबिन घर आएको ४-६ दिन भएको थियो । सबैको घरमा सवारी साधन थियो तर उनको घरमा साईकल पनि थिएन । नबिन साईकल किनेर ल्याउन्छ , राधा १-२ दिनमा सईकल चलाउन सिक्छिन् । साईकल सिक्दा खुट्टामा चोट लाग्छ । राती चर्पि जान नसकेपछि नबिनलाई भन्छिन् र राधालाइ पिठ्युँ लगाएर लग्छ । बिस्तारै बिस्तारै दिनहरु बित्दै थिए । एक महिना बितेको थाहैँ हुदैन । नवीन बिदेश जाने तयारी गर्दै थियो र राधाका आँखा फेरि आसुले भरीएका थिए । छोरी ” बुवा हजुर संग म पनि जान्छु भन्दै रुदै थि ” । त्यो देखेेर नबिन एक छिन् अलपत्र परे थियो । म छिट्टै फर्केर आउन्छु छोरी भनी सम्झाइ-फकाइ गर्छ ।।
घरबाट बिदेश पुगे पछि …पहिले जस्तै गरी साथीहरु संगै काममा जान्छ । राधा के गर्दै होलिन्, अहिले छिरी सुतेकी होली या उठेकी होली , रुदै होली या हास्दैँ होली यस्ता यस्ता प्रश्नहरुले काम गर्ने बेला र सुत्ने बेला उसलाई सताइ राख्यो । राधा र छोरीको मायाले रहेक पल सताई राख्यो । राधा र छोरीलाई सम्झी नरोएको कुनै दिन या रात थिएन । दिनहरु घरको याद र साथीहरुको साथले बित्दै थिए । घरमा हप्ता हप्तामा फोन गरी रहन्थे । माया-प्रेम र दुख-सुखका कुरा साटासाट गर्थे , छोरी र राधा संग कुरा भएको दिन नबिन मन खुसी हुन्थथ्यो र राती आन्नदले सुत्थथ्यो । काम सकिन २-३ महिना मात्र थियोे । काम राम्रो चल्दै थियो तर अचानक घरबाट छोरी करेन्ट लागेर बितेको खबर पाउन्छ । त्यो खबर सुने पछि ५ मिनेटको लागी त पागल जस्तै हुन्छ , रुन्छ कराउँछ । त्यो रात छोरीको यादमा छट्पटाइ रहे, घरमा छदा बिहानै बुवाको शरीर माथी उफ्ररेर उनिलाइ उठाएको याद, छोरीका ति चकचके काम र छोरीको मायाले अनिलाइ एक तर्फबाट भित्र-भित्रैँ मरी रहेकि थियो…..दुईदिन पछि घर पुग्छ र आफ्नी राधाको त्यो हसीलो अनुुुुहारमा गंबिर अवस्था देखेर एक छिन त ! मनै थाम्न सक्दैन् । उनले सोचेका रंङ्गीन सपना सधैँका लागी एउटा सपना नै रहन्छ । लाहुरेले घरमै कामा गर्ने र फेरी पियारीलाई यता एक्लै छोडेर बिदेशमा काम गर्न नसक्ने कुरा बताउन्छ । आफ्नैँ देशमा कृषी गर्छ । केहि बर्ष पछि पियारीले एउटा छोरो पाउन्छिन । राधा र नबिन खुसीका साथ नयाँ जीवनको सुरुवात गर्छन् ।।"
"पढ्नेलाई सुनको माला , लेखकलाई फुलेको माला , यो कथा बैकुण्ठ पुगिजाला "