बुवा र आमाको ५ वटा छोरा र छोरी थिए । जेठाे छोराको नाम मनिलाल, माइलो छोराको नाम गोपाल, साइलो छोराको नाम रबी, काइलो छोराको नाम अनिल , कान्छो छोराको नाम राम र छोरीको नाम कविता थियो । छोरी चाहिँ छोराछोरी मध्येको कान्छी थि । सबै छोराछोरी सानै थिए । आमाले घरको काम गर्नुहुन्थ्यो अनि बुवा घर बाहिरको काम गर्नुहुन्थ्यो । जग्गा जमिनको नाममा 3 कठ्ठा थियो । त्यो जमिन मा कुनै उब्जनी हुन्थिएन् । बुवा र आमालाई बिहान र बेलुकाको छाक काट्न धौधौ परेको थियो । बुवा र आमाले छोराछोरीले खाना खाइसकेपछि बचेको खाना खानु हुन्थ्यो, नभए भोकै सुत्नु हुन्थ्यो । बुवा एउटा वकिलको घरमा काम गर्नु हुन्थ्यो । आमा छोराछोरीलाई खाना खुवाइ सधै दाउरा काट्न जानुहुन्थ्यो र बेलुका दाउरा बेचेर चामल र तरकारी लिएर आउनु हुन्थियो । बुवा पनि वकिलको घरको काम सकेर खाना खान आउनु हुन्थियो।
एकदिनुको कुरा हो वकिलको मृत्यु हुन्छ । बुवा ले त्यहाँबाट काम छोड्नु पर्छ त्यसपछि बुवाले कुनै काम पाउदैन किन भने बाले पढेका थिएनन् । त्यसपछी बुवाले पढाइको महत्व बुझे पछि उनले " अब छोराछोरीलाई पढाउने " निर्णय गर्नुभयो । भोलि पल्ट नजिक को सरकारी स्कुलका गएर भर्ना गर्दिनु भयो । बुवा र आमा दुबै बिहान उठेर घरको काम सकेर पछि छोराछोरीलाई स्कुल पठाएर दाउरा लिन जानुहुन्थियो। बुवा र आमाले दाउरा बेचेर छोराछोरीका लागि स्कुल dress ल्याउने भनी बजार दाउरा बेच्न गएका थिए । त्यो दिन कसैले दाउरा नकिने पछि निराश हुदै घर फर्किए । स्कुलबाट घर फर्किएका छोराछोरी भोकाएका थिए। घरमा केही खानेकुरा नभए पछि आमा अन्न पैचो माग्न घरछिमेकिमा जानू भयो तर छिमेकिले " तिमीहरूलाई दिनु भन्दा त माग्नेलाइ देको जाती हुन्छ तिमिहरुको अनुहार पनि हेर्नू छैन।यहाँ बाट गहिलाल " भनेर छिमेकीले भने पछि आम रुदै घर रित्तो हात घर फर्कनु भयो।
बुवा र आमा झन चिन्तामा पर्नु भयो। कोठा भित्र गएर " अब छोरीलाई कहाँ बाट खाना लियाएर खुवाउनु हो भन्दै रुदै थिए " । अचानक एउटा माग्ने त्यो घर मा आयो र भिक्षा दिनु भन्दै थियो। एकछिन बुवा र आमा घरबाट निस्किनु भएन । फेरि माग्नेले बोलाए पछि दुबै जना बाहिर निस्के र भने " हामीसंग केही छैन तपाइँलाई दिनकोलागि हाम्रा छोराछोरी त भोका छन हामीले झन दुईदिन देखि खाना खाको कैै छैन । " माग्नेले छोराछोरीलाई देखेर दया लागेर आयो अनि माग्नेले आफुले मागेर ल्याएको चामल र तरकारी झिकेर दियो । बुुुवा र आमाले लिन चहादैैन थे तर लिएन भने छोराछोरी भोका हुन्छन भनेर दुख मानी मानी लिनु भयो र माग्नेलाइ धन्यवाद दिनु भयो ।त्यसपछी माग्ने आफ्नो बाटो लाग्यो । आमा खाना पकाउन थाल्नु भयो। खाना पाकी सकेपछी भोकाएको छोराछोरी र बुवाआमाले धेरै दिन पछि पेट भरी खाना खानुभयो। भोली पल्ट चाडै उठे र घरको काम सकेर छोराछोरीलाई स्कुल पठाएर हिजो नबेचिएका दाउरा बेच्न जानू भयो । दाउरा बाट आएका पैसाले आफ्नो छोराछोरीलाई स्कुल dress र बेलुका को लागि खानेकुरा ल्याइएका थिए । छोराछोरी पनि धेरै बर्ष पछि नयाँ लुुगा देखेर छोराछोरी पनि धेरै खुशी थिए । यसरी नै आज भोलि भन्दै 10 वर्ष बित्यो ।
छोराछोरी पनि ठुलो भैसकेका थिए । घर मा खुशियाली बढ्दै थियो । अचानक दैवको नजर लाग्यो र घरमा बुवा बिरामी हुनुभयो। घरका सबै परिवार आत्तिय। जेठो र कान्छो छोराले बुुुवावलाई बोकेर सरकारी अस्पताल लगे। डाक्टरले जाँच गर्दा खेरि बुवालाई मुटुमा क्यान्सर भाएको र ठुलो अस्पतालमा लग्नु भयो भने निको हुन्छ भन्नू भयो। त्यसपछि उनिहरु घर फर्किए । उनिहरु सङ्ग शहर लग्नका लागि पैसा थिएन। शहरमा उपचार गर्न नपाए पछि चिन्तामा परे त्यपछी बाले दाउरा पनि काट्नु सक्नु भएन। यसरी नै एक दुई दिन बित्यो । अचानक सर्पको टोकाइबाट मुत्यु कान्छा छोराको मृत्यु हुन्छ । परिवारमा आर्को पीडा थपिन्छ । छोराको ११ औ काम सकिएको ५ दिन पछि बुवा को पनि मुत्यु हुन्छ । दुबैको मृत्युको कारण गरिबी थियो। अब घरमा ६ जना मात्र परिवार थिए। रिन मागेर आमाले छोराछोरीलाई पढाउन थालिन् । केही वर्ष पछि जेठ छोरो ड्राइभर , माइलो छोरो मास्टर , साइलो छोरा इन्जिनियर र काइलो छोरा डाक्टर भएकोले फेरि त्यो परिवार मा सुखका दिन आउन थाले । त्यसपछी हेला गर्ने छरछिमिकीले पनि इज्जत दिन थाले । सबै भाइहरु मिलेर कान्छी बहिनीको विवाह गर्दिने निर्णय गरे ।
बहिनीको बिहे त्यही माग्नेको छोरो सङ्ग बिहे गरि दिने टुंगो हुन्छ ( जसले आफुले मागेर ल्याएको खाने कुरा दिएको थियो ) । छोराको नाम कपिल थियो । कपिल कक्षा १० सम्मको शिक्षक थियो । छोराको नाम बाट माग्ने लाई गाउँमा सबैले चिन्थे। गाउँका सबैले कपिल बुवालाइ सम्मान र इज्जत दिन्थे । चार दाजुभाइ मिलेर कान्छी बहिनीको धुमधाम कपिलसङ्ग बिहे गरिदिए। उनीहरु मिलेर खान पकाउने भाडा पखाल्ने , सबै काम मिलेर नै गर्थिए । कपिलको परिवार खुशी थियो । केही महिना पछि कपिल बाउ बान्ने खबर आएकोले परीवारमा खुसी छाएको थियो । उता 4 दाजुभाइ पनि मामा बन्न पाउने भयौ भनेर खुशी थिए।
एकदिन को कुरा हो कविता धारामा पानी लिन जादा लेउमा चिप्लिछिन । कपिलले देखेछ र आत्तिदै उठाउन गयो। कविता पेट छम्दै रुन थालिन। चिप्लेपछी धेरै गार्हो पारेछ हतार हतार नजिकको स्वास्थ केन्द्र लगे अनि कविताको माइतमा जनकारी दिए। घर मा 2 वटा दाइ र आम मात्र हुनुहुन्थ्यो त्यस् समयमा उनिहरु हतार हतार अस्पताल जानू भयो। डाक्टरले " अब बिरामीलाई शहर लानु पर्छ " भनेपछि जेठो दाजु मनिलाल आफ्नो गाडीमा हालेर बहिनीलाइ शहर लग्छ। काइलो दाजु अनिल "डाक्टर" शहरमै हुनुहुन्थ्यो। अस्पताल मा भर्ना गर्नु भयो। त्यहाँ पुग्दा सम्म कविताको हालत निकै गम्भीर भैसकेको थियो । डाक्टरले "अब बिरामीलाई 4-5 महिना अस्पतालमा राख्नु पर्छ " भनेपछि सबै जना झन आत्तिए डाक्टरले त्यो भन्दा बढी केही पनि भनेन। कपिल र जेठो दाजु अस्पतालमा बस्नु भयो । दिन मा कपिलले बिरामी हेर्ने र राती दाजुले बिरामी हेर्ने गर्थे। यसरी नै 3 महिना बिति सकेको थियो। उता दाजुभाइ अंशको लागि झगडा गर्दै थिए। पहिलेदेखि आमाको नाउमा 3 कठ्ठा जमिन र घर थियो थप सबै दाजु भाइ मिलेर 8 कठ्ठा जग्गा किनेका थिए । दाजुभाइ मध्ये आम्दानी चाहिँ कम जेठा दाइको थियो। जेठा दाइ मनिलाल जमिन किन्दा कम पैसा हलेको हुनाले कम जग्गा दिने भन्दै झगडा र एकआर्कामा भना भन भयो । पन्चायत राखेर जम्मा सम्पत्तिलाई 5 फाट लगाइ दिए चार दाजुभाइलाई 2-2 कठ्ठा अनि कान्छी बुनेलाइ 2 कठ्ठा र आमालाई 1 कठ्ठा गरि पन्चायतले बाड्फाट गरि दिए। दाजुभाइले एकअर्का सँग बोल्न छाडे। आमाचाहिँ जेठो छोरा सँग बस्नु हुन्थियो। दाजु भाइ एकअर्कामा बोल्दैन् भनेर आमा दुखी र मनमा कुरा खेलेर टोलाउन थाल्नु हुन्थ्यो। सबै छोराहरुलाइ घर घर मा गएर सम्झाउनु हुन्थ्यो तर सम्झाको त खेरै जान्नथियो। आमा चिन्न्ताले खाना खानु हुन्थिएन ।
केही दिन पछि कविता अस्पतालबाट discharge हुन्छे । कपिल छोराको बुवा र दाजुभाइ पनि मामा भए । दाजुभाइ झगडा गरेर बोलचाल बन्द भएको कुरा कवितालाइ थाहा थिएन । कविता यो कुरा सुनेर निकै दुखी भइ । सबै दाजुभाइको बिहे भएर छोरा छोरिको बिहे गर्ने बेला भाइ सकेको थियो । कपिल पनि आफ्नो स्कुलको principal भयो। कविताको छोरो हिड्ने भैसकेकोको थियो र जेठो दाजुको जेठो छोराको बिहेको कुरा चल्दै थियो।
बिहेको कुरा पनि टुंगो लाग्यो। सबैलाइ निमन्त्रणा काड पठाए । आमाले दाजुभाइको मिलन गराउन आफै सबै छोराहरुलाइ दिनु भयो। बिहेको दिन " बिहेको जन्ती बेहुलिको घर जाँदै थिए तर दाजुहरुले बिहेमा लुकेर जाने निर्णय गरे र लुकेर जन्ती गए । जेठा दाइले सबै दाजुभाइ देख्यो अनि बोलाएर एकअर्कामा माफी मागे । बिहे गरि सबै दाजुभाइ , भाउजू - बुहारी , बहिनी - ज्वाइ , सबै बिहे घरमा रमाइलो गरे आमा धेरै खुसी भइन । अन्त्यमा सबैको मिलन भयो। परिवारमा फेरि खुशी आयो ।।
ज्ञान : हर कोहिको दिन आउँछ तर समयको प्रतीक्षा गर्नु पर्छ ।
" पढ्नेलाई सुनको माला , लेखकलाई फुलेको माला ,